दैलेख – समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय दैलेखले विभिन्न स्थानमा प्राकृतिक प्रकोप तथा विपद्को पूर्वजानकारी सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
माैसम पूर्वानुमान महाशाखाले असाेज ८-१२ गतेसम्म भारी वर्षा हुने पूर्व सूचना दिए अनुसार नदी तटीय क्षेत्र र बाढी-पहिराेकाे जाेखिम रहेका क्षेत्रमा विपद्को पूर्वजानकारी सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्च डीएसपी श्रवणकुमार बिकले जानकारी दिनुभयाे ।
जिल्लाका विभिन्न प्रहरी इकाईहरुबाट प्रहरी टोली परिचालन गरी गुराँस गाउँपालिकाको तल्लो डुङ्गेश्वर, धरमपोखरा र घोडाबास, ठाटीकाँध बजार, चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ को पाल्तडा बजार तथा दुल्लु नगरपालिका–१२ को बिनायकमा सचेतना कार्यक्रम गरिएकोडीएसपी बिकले बताउनुभययाे ।
प्रहरी टोलीले सम्भावित प्राकृतिक प्रकोप तथा विपद्का बेला अपनाउनुपर्ने सावधानी, पूर्वतयारी र सुरक्षित रहने उपायबारे स्थानीयवासीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्राकृतिक विपद्को जोखिम न्यूनीकरण तथा सम्भावित क्षतिबाट जोगिन स्थानीयवासीलाई पूर्वसूचनाप्रति सचेत रहन, जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन र विपद्का बेला सुरक्षाकर्मी तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्