२०८३ असोज ९ , शुक्रबार (2026 Sep 26, Saturday)

विपद् उद्धार सामग्रीको तयारी



दैलेख – मनसुन सक्रिय रहने पूर्वानुमानलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति दैलेखले विपद् उद्धार सामग्रीको विश्लेषण, निरीक्षण तथा व्यवस्थापन गरेको छ । विपदमा प्रयाेग हुने सामग्रीहरुकाे तयारी जाँच गरिएकाे समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिनुभयाे ।

विपद्का समयमा शीघ्र उद्धार, सम्बन्धित निकायबीच प्रभावकारी समन्वय तथा तत्काल प्रतिकार्यका लागि आवश्यक अभ्यास र पूर्वतयारीलाई समेत थप सुदृढ गरिएको छ । मनसुनका कारण हुनसक्ने बाढी, पहिरोलगायतका विपद्बाट सम्भावित क्षति न्यूनीकरण गर्न उद्धार टोली तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

सम्भावित विपद्का बेला आवश्यक पर्ने उद्धार सामग्रीको अवस्था, उपलब्धता र प्रयोगयोग्यताबारे निरीक्षण गरिएको हो । उद्धार कार्यमा आवश्यक सामग्रीलाई व्यवस्थित र तयारी अवस्थामा राखिएको जनाइएको समितिका सदस्य सचिव दैलेखका सहायक प्रजिअ महेन्द्रजङ्ग शाहीले बताउनुभयाे ।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहीबार