२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

आधुनिक हेयर ड्रेसर आयो ‘युनिक’



दैलेख –  जिल्ला सदरमुकाममा आधुनिक हेयर ड्रेसर सुरु भएको छ । सदरमुकामको व्यस्त मानिने देवकोटाचोकमा अदालत अगाडि थालिएको आधुनिक सेवा सहितकाे ‘युनिक हेयर ड्रेसर’ नारायण नगरपालिकाका मेयर लोमन शर्माले एक औपचारिक कार्यक्रमको अवसरमा रिवन काटेर शुभारम्भ गर्नुभयो ।

समयको मागसंगै हेयर कटिंग र हेयर ड्रेसरको आवश्यता थियो आधुनिक सेवा सहित सुरु भयो, यो राम्रो हो मेयर शर्माले भन्नुभयो । नयाँ सेवा दिने मान्छे पनि पुरानै व्यक्ति गराउँदा ग्राहकको सन्तुष्टी र व्यवसायिक निखारता पनि आउला भन्ने आशा रहेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

युनिक हेयर ड्रेसर सञ्चालक फुल्केन ठाकुर दैलेख सदरमुकाममा हेयर कटिंग चलाउन थाल्नुभएको ४० वर्ष नाघेको छ । २०४० सालमा जनता हेयर कटिंग सञ्चालन गरेका दाजु रामशरण ठाकुरका साथ २०४१ सालमा १३ वर्षको उमेरमा दैलेख आएर हेयर कटिंग पेशामा लाग्नुभएको हो ।

रामशरण र फुल्केन ठाकुरले दैलेखमा ल्याउदै सिकाउदै गरेका नातेदारहरुले दैलेख सदरमुकाममा मात्र आधा दर्जन हेयर कटिंग पेशा गरिरहनुभएको छ । फुल्केनले अरुले लिने शुल्कमै हेयर कटिंग गर्नेदेखि नयाँनयाँ हेयर ड्रेस स्टाइल, बाल रंगाउनदेखि टाउको धोइदिनेसम्मका सेवाहरु थप्नुभएको छ ।

प्रकाशित मिति : २०८१ फागुन २६ गते सोमबार