दैलेख – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट लगायतका नागरिकको राहत तथा उद्धारका लागि ग्रामीण विकास सेवा केन्द्र (आरडीएससी) दैलेखले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेको छ ।
बाढीले त्यस क्षेत्रमा भएकाे ठूलो धनजनको क्षतिपछि उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले भदौ २५ गते उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरेको संस्थाका अध्यक्ष मीरा स्वर्णकारले बताउनुभयो ।
प्राकृतिक विपत्तिका बेला सामाजिक संघ–संस्था तथा नागरिकले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु मानवीय हिसावले सहयोग गरिएको उहाँकाे भनाई छ । पीडित परिवारको राहत तथा पुनर्स्थापना कार्यमा सघाउन रकम प्रदान गरिएको हाे ।
तीन दशकदेखि सामाजिक विकास काम गर्दै आएकाे आरडीएससी दैलेख २०६२ देखि सरकारका निकायसँगकाे सहकार्यमा कर्णाली प्रदेशमा झोलुङ्गेपुल निर्माण सम्बन्धी प्राविधिक श्राेत संस्थाकाे रुपमा सक्रिय रहेकाे कार्यक्रम संयाेजक नविन शर्माले बताउनुभयाे ।










प्रतिक्रिया दिनुहोस्