दैलेख – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दैलेखका दुई वटै निर्वाचन क्षेत्रका २१ जना प्रत्यक्ष तर्फका उम्मेदवार र समानुपातिक तर्फ दलहरुलाई मतदान गर्ने प्रयोजनका लागि निर्वाचन आयोगले मतपत्रहरु पुर्याएको छ ।
क्षेत्र नंं. १ का नौ वटा राजनीतिक दलका उम्मेदवार तथा एक जना स्वतन्त्र समेत १० जना र क्षेत्र नं. २ का लागि नौ वटा दलीय उम्मेदवार तथा दुई जना स्वतन्त्र समेत ११ जना उम्मेदवारका चिन्ह अंकित मतपत्र प्राप्त भएका बताइएकाे छ ।
क्षेत्र नंं. १ काे जिल्ला सदरमुकाम र क्षेत्र नंं. २ काे मुख्य मुकाम दुल्लुमा प्रत्यक्ष र समानुपातिक तर्फ मतदान गर्न प्रयोग हुने सक्कल मतपत्र प्राप्त भएका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
दुई वटा संसदीय निर्वाचन क्षेत्र रहेको दैलेखमा जिल्लाभर कुल १ लाख ६१ हजार २०४ मतदाता रहेकामा निर्वाचन आयोगले क्षेत्र नं. १ मा ७९ हजार ७०१ र निर्वाचन क्षेत्र नं. २ मा चाहि ८१ हजार ५०३ अन्तिम मतदाता कायम गरेको छ ।
मतदान स्थलका हिसाव दैलेखकाे क्षेत्र नं. १ मा ७३ स्थानमा १०४ मतदान केन्द्र र क्षेत्र नं. २ मा ६६ मतदान स्थलमा १०४ मतदान केन्द्र रहेको कुल १३९ मतदान स्थलमा २०८ मतदान केन्द्र रहेका दैलेख क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत धर्मराज न्यौपानेले जानकारी दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्