
दैलेख – सुन्दै अति नै हिँस्रक घटना, एउटै बालिकालाई दुई जनाले बलात्कार गरे ! हाे, याे साँच्चै घटना हाे । टाढाकाे गाउँकी १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी प्रहरीकाे नियन्त्रणमा छन् ।
बिहीबार राति तीजको नाँच हेरेर फर्किदै गरेका एकै उमेर समूहका तीन-चार जना बालिकालाई लक्षित गरी आराेपितहरुले लखेटे । लखेट्दा भेटाउन नसकेपछि पछिल्तिरबाट ढुङ्गा हाने, ढुङ्गाले १३ वर्षीया ती बालिकाकाे दाहिने पाखुरामा चाेट लाग्याे उनी ढलिन् तर उनका साथीहरु भागेर जाेगिए ।
ढुङ्गाले चाेट लागेर ढलेकी ती बालिकालाई आराेपितद्वयले उठाएर एकान्तमा लिएर पालैपालाे बलात्कार गरेका बताइएकाे छ । उता भागेर जाेगिएका ती बालिकाका साथीहरुले तत्कालै घरमा दिएकाे सूचना अनुसार खाेज्न गएका अभिभावकहरु घटनास्थल नजिक पुगेकाे चाल पाएर आराेपितहरु भागेका र पीडित बालिकालाई बेहाेस् अवस्थामा उद्धार गरिएकाे थियाे ।
अभिभावकहरुले राति नै ती बेहाेस बालिकालाई बाेलेराे गाडीमा दैलेख अस्पतालमा पुर्याई उपचार थालिएकाे र शुक्रबार पीडित पक्षले याे विवरण खुलाई प्रहरीमा जाहेरी दिएकाे थियाे । जाहेरीको आधारमा आराेपित दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले बताउनुभयो ।
बालिकाकाे दाहिने हात मर्केकाे, गुप्ताङ्गमा घाउ हुनुसंगै रक्तश्राव भइरहेकाे दैलेख अस्पतालकाे एकद्वार संकट व्यवस्थापन (ओसीएमसी)का स्वास्थ्यकर्मी तथा मामिला व्यवस्थापक समूहले जानकारी दिएकाे छ । बालिकाकाे स्वास्थ्य सुधार भए पनि नियमित अस्पतालकाे रेखदेखमा रहन सल्लाह दिइएकाे छ ।
बालिका उपचारका लागि सदरमुकाममा रहेकाे बेला आराेपितका परिवानजनले बलात्कार घटनाका ढाकछाेप गराउन पीडित पक्षलाई विभिन्न किसिमका डर, धाक-धम्की दिने गरेकाे पीडित पक्षकाे भनाई छ । पीडितकाे उपचार दैलेख अस्पतालकाे ओसीएमसीमा भइरहेकाे छ । पीडितलाई आश्रय र कानूनी उपचारमा साेसेक नेपालले सघाएकाे छ ।
यो घटना राति अबेर तीजको नाँच हेरेर फर्किने क्रममा भएको हाे । रातिको तीजकाे नाँचगानमा जाँदा र फर्किदा बलात्कार घटनाहरु हुने गरेका छन् । चेलिबेटीहरुले रातिमा गाउँटाेलमा जान पाउने तीजको नाँचगानमा मात्र हाे, यही माैकामा यौन दुराचारीहरुकाे फन्दामा पर्ने गरेका घटनाहरु अघिल्ला वर्षहरुमा पनि कानूनी प्रक्रियामा आएका थिए ।
प्रतिक्रिया दिनुहोस्