दैलेख – जलवायु परिवर्तन असर न्यूनीकरण सवालमा अन्तर माध्यमिक विद्यालय स्तरीय वादविवाद प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कालिमाटीकी छात्रा माेनिका कटुवाल प्रथम भएकी छन् ।
युरोपियन युनियनको सहयोग, ग्लोबल युथ मोविलाइजेसन, सम्बन्ध नेपाल र डोको अभियानको आयोजनामा भएको प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कालिमाटीकै करिश्मा शाही द्वितीय र हिमालय माध्यमिक विद्यालय भवानीकी कल्पना तिवारी तृतीय भइन् ।
प्रतियोगितामा बसन्त माध्यमिक विद्यालय किमुगाउँका सुमन खड्काले सान्त्वना स्थान हासिल गरेका छन् । विजेता सबै जनालाई नारायण नगरपालिकाका मेयर लाेमन शर्माले मेडल, प्रमाणपत्र र स्टेसनरी वितरण गर्नुभएको थियाे ।
‘जलवायु परिवर्तन नियन्त्रणमा कसको भूमिका बढी महत्वपूर्ण छ, सरकार वा जनता’ विषयमा आयोजित प्रतियोगितामा सहभागीहरूले पाँच मिनेटभित्र आफ्नो पक्षमा तर्क, तथ्यका आधारमा धारणा राखेका थिए ।
निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा उत्कृष्ट वक्ताहरू छनोट गरिएको आयोजक सम्वन्ध नेपालका अध्यक्ष भावना खड्काले जानकारी दिनुभयाे । विजेता विद्यार्थीलाई स्टेसनरी अल्फा स्टेसनरीले उपलब्ध गराएकाे खड्काले बताउनुभयाे ।










प्रतिक्रिया दिनुहोस्