२०८३ असार ९ , मंगलबार (2026 Jun 23, Tuesday)

भगवतीमाईकाे नीति तथा कार्यक्रम पारित



दैलेख – भगवतीमाई गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट तय गर्ने १९ औँ गाउँसभा मंगलबार बेस्तडामा शुभारम्भ भएको छ ।

गाउँपालिका अध्यक्ष गणेशबहादुर थापाले कृषि आधुनिकीकरण, सामाजिक उत्थान, युवा जागरण लगायतका विषयलाई प्राथमिकतामा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तूत गर्नुभयो ।

गाउँसभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि दफावार छलफल गरेका थिए । छलफलपछि नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ ।

नीति तथा कार्यक्रमका आधारमा तयार गरिएको बजेट असार १० गते बुधबार प्रस्तूत गरिने गाउँपालिका उपाध्यक्ष मीना खड्का थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार