नवलपरासी – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारु टोल क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोली प्रवेश गरेपछि स्थानीयवासी र सुरक्षाकर्मीबीच विवाद भएको छ ।
सीमा सुरक्षा बलको टोली सीमा क्षेत्र पार गरी नेपाली भूमिमा प्रवेश गरेको थियो। उनीहरूले एसएसबी टोलीको गतिविधिको विरोध गर्दै प्रतिकारसमेत गरेका थिए। स्थानीयका अनुसार एसएसबी टोली बिहानको समयमा सीमा क्षेत्रमा गस्तीका क्रममा आएको थियो।
सुस्तामा भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा प्रवेश गरी स्थानीयमाथि दबाब दिएको विषय प्रतिनिधिसभा बैठकमा समेत उठेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुस्ताको घटनासम्बन्धी भिडियो सार्वजनिक भएको उल्लेख गर्दै नेपाली नागरिकमाथि हप्कीदप्की भएको आरोप लगाउनुभयो । उहाँले रक्षामन्त्रीको भूमिकाबारे प्रश्नसमेत उठाउनुभयो ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभा बैठकमा नेपाल र भारतबीचका सीमा विषयमा बोल्दै नेपालबाट पनि भारततर्फको भूमि अतिक्रमण भएको हुन सक्ने अभिव्यक्ति दिनुभएको थियो ।
यता पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज घिमिरेले सुस्ताको पछिल्लो अवस्था सामान्य रहेको जानकारी दिनुभएको छद। प्रशासनले सीमा क्षेत्रमा निगरानी बढाएको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्