नेपाल फेरि आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अमेरिकासंग पराजित भएको छ । अमेरिकाको टेक्सासस्थित डालासको ग्राण्ड प्रिएरी स्टेडियममा आइतबार बिहान सकिएको खेलमा नेपाल ३७ रनले पराजित भएको हो ।
२८२ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले दिएको एक बल बाँकी हुँदा अल आउट हुँदै नेपालले २४४ रनमात्रै बनायो । नेपालका लागि ओपनर अनिल साहले सर्वाधिक ५२ रन बनाए। उनले ८० बलमा ४ चौका र १ छक्का हाने ।
सोमपाल कामीले २७ बलमा ४ चौका र २ छक्का हानेर ४६ रन बनाए । कुशल मल्लले ५४ बलमा १ चौका र १ छक्का प्रहार गरी ३३ रन जोडे । कुशल भूर्तेलले २९, आरिफ शेखले २१, दीपेन्द्रसिंह ऐरीले ३१, गुल्सन झाले १२ रन बनाए ।
आशिफ शेख ६ रनमा आउट हुँदा कप्तान रोहित पौडेल एक रनमा आउट भएका थिए । बलिङतर्फ अमेरिकाका शौरभ नेत्रभल्करले ४ विकेट लिए। साड्ली भ्यान शाल्कविक र नोस्थुस केन्जुगेले २÷२ विकेट लिएका थिए। जसदीप सिंह र हर्मित सिंहले एक/एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेटको क्षतिमा २८१ रन बनाएको थियो । अमेरिकाका लागि मुक्कमालाले ८७ बलमा ४ चौका र १ छक्का प्रहार गरी सर्वाधिक ७५ रन बनाए । त्यस्तै ओपनर तथा कप्तान मोनांक पटेलले ८१ बलमा ५ चौका र १ छक्का प्रहार गरी ६७ रन जोडे। हरमित सिंहले ५९ रन बनाउँदा ४४ बलमा ३ चौका र ३ छक्का हाने।
शायन जहांगिरले १०, एरोन जोन्सले २६, सञ्जय कृष्णमूर्तिले १५ रन जोडे । बलिङतर्फ गुल्सन झाले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट तथा कूशल भूर्तेलले १ विकेट लिए । नेपाल सिरिजको पहिलो खेलमा पनि अमेरिकासँग पराजित भएको थियो। दोस्रो खेलमा स्कटल्याण्डलाई हराएको थियो। स्कटल्याण्डसँग भोलि पुनः खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्