२०८२ फागुन ८ , शुक्रबार (2026 Feb 20, Friday)
प्रतिनिधिसभा निर्वाचन २०८२
१३ दिन बाँकी

सेनाले २६३ औँ वार्षिकोत्सव मनाउदै



काठमाण्डौं – नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ ।

सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाज लगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रमसंगै जङ्गी अङ्डा मातहत पृतना, बाहिनी, गण र गुल्म र शान्ति मिसनमा पनि विभिन्न कार्यक्रम दिवस मनाउने तयारी रहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताउनुभयो ।

विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणसंगै दरबार, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै आएको सेनाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार