२०८२ फागुन ८ , शुक्रबार (2026 Feb 20, Friday)
प्रतिनिधिसभा निर्वाचन २०८२
१३ दिन बाँकी

आजकाे विदेशी मुद्रा विनिमय दर



काठमाण्डौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैंयाँ ७२ पैंसा र बिक्रीदर १४५ रुपैंयाँ ३२ पैंसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७१ रुपैंयाँ ६१ पैंसा र बिक्रीदर १७२ रुपैंयाँ ३२ पैंसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैंयाँ ९६ पैंसा र बिक्रीदर १९७ रुपैंयाँ ७७ पैंसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैंयाँ ०३ पैंसा र बिक्रीदर १८८ रुपैंयाँ ८१ पैंसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैंयाँ ४३ पैंसा र बिक्रीदर नौ रुपैंयाँ ४७ पैंसा, चिनियाँ युआन एकको खरिददर २० रुपैंयाँ ९५ पैंसा र बिक्रीदर २१ रुपैंयाँ ०३ पैंसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैंयाँ ५९ पैंसा र बिक्रीदर ३८ रुपैंयाँ ७५ पैंसा, कतारी रियाल एकको खरिददर ३९ रुपैंयाँ ७१ पैंसा र बिक्रीदर ३९ रुपैंयाँ ८७ पैंसा कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैंयाँ ०६ पैंसा र बिक्रीदर १०२ रुपैंयाँ ४८ पैंसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैंयाँ २६ पैंसा र बिक्रीदर १०६ रुपैंयाँ ७० पैंसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैंयाँ ४९ पैंसा र बिक्रीदर ११४ रुपैंयाँ ९६ पैंसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैंयाँ ५१ पैंसा र बिक्रीदर १८ रुपैंयाँ ५९ पैंसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैंयाँ २६ पैंसा र बिक्रीदर ४७६ रुपैंयाँ २२ पैंसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैंयाँ ८५ पैंसा र बिक्रीदर ३८५ रुपैंयाँ ४४ पैंसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपैंयाँ ९२ र बिक्रीदर ३७७ रुपैंयाँ ४८ पैंसा रहेको छ ।

त्यसैगरी थाइ भाट एकको खरिददर चार रुपैंयाँ ६५ पैंसा र बिक्रीदर चार रुपैंयाँ ६७ पैंसा, युएई दिराम एकको खरिददर ३९ रुपैंयाँ ४० पैंसा र बिक्रीदर ३९ रुपैंयाँ ५६ पैंसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैंयाँ ०४ पैंसा र बिक्रीदर ३७ रुपैंयाँ १९ पैंसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैंयाँ र बिक्रीदर १० रुपैंयाँ ०४ पैंसा ताेकिएकाे छ ।

भारतीय रुपैंयाँ एक सयको खरिददर १६० रुपैंयाँ र बिक्रीदर १६० रुपैंयाँ १५ पैंसा तोकिएको छ । स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैंयाँ १६ पैंसा र बिक्रीदर १६ रुपैंयाँ २३ पैंसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैंयाँ ९७ पैंसा र बिक्रीदर २३ रुपैंयाँ ०७ पैंसा रहेको छ ।

प्रकाशित मिति : २०८२ फागुन २ गते शनिबार