२०८१ चैत २६ , मंगलबार (2025 Apr 8, Tuesday)

पूजा गर्ने क्रममा अरुण नदीमा बेपत्ता



संखुवासभा – पूजा गर्ने क्रममा अरुण नदीमा बगेर संखुवासभाको चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएका छन् । शनिबार दिउँसो  चैनपुर–११ खहरेस्थित अरुण नदीको किनाराबाट चिप्लिएर जिमी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक राजकुमार लामिछानेले बताउनुभयो ।

जिमीको सशस्त्र प्रहरी, प्रहरी र स्थानीयले खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार गजेन्द्र अरुण नदीमा पूजा सुरु गरे लगत्तै नदीमा चिप्लिएर बेपत्ता भएका थिए । शनिबार साँझसम्म पनि जिमीको शव फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर ८ गते शनिबार