२०८२ माघ ५ , सोमबार (2026 Jan 19, Monday)

कांग्रेसको विशेष महाधिवेशन बन्द सत्र सुरु हुँदै



काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्द सत्र सुरु हुँदैछ । काठमाडौंको भृकुटिमण्डपमा हिजोदेखि सुरु भएको विशेष महाधिवेशनको आज बन्द सत्र सुरु गर्ने कार्यतालिका तय गरिएको हो ।

विशेष महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुभास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि सुरु हुने बन्दसत्रमा सुरुमै ९ वटा समूह निर्माण गरेर चारवटा विषयमाथि नीति मन्थन हुनेछ ।

पार्टीकाे धान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत छलफल हुने पोखरेलले जानकारी दिनुभयो । नीति मन्थनपछि नेतृत्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन प्रक्रिया अघि बढाइने बताइएको छ ।

प्रकाशित मिति : २०८२ पुस २८ गते सोमबार