मन्थली – निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक दुर्घटनामा मतदान अधिकृत डोरप्रसाद घिमिरेको उपचारको क्रममा मृत्यू भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो । दुर्घटनास्थलमा असई पर्शुराम यादवको मृत्यू भएको थियो ।
रामेछाप नगरपालिका–२ साँघुटार वडा कार्यालय भवन ‘ख’ मतदान केन्द्रका लागि जाँदै गर्दा दुर्घटनामा परेकाे ट्रक रामेछाप नगरपालिका–२ स्थित वडा कार्यालय नजिकैको सिरूवारी भीरबाट खसेको थियो । ज्यान जोगाएको हामफालेर तीन जना कर्मचारीहरु पनि घाइते भएका थिए ।
मन्थली अस्पतालमा १० जना घाइते मध्ये ल्याइएका मतदान अधिकृत घिमिरेको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । दुर्घटनाका गम्भीर घाइते ७ जनालाई थप उपचारका लागि नेपाली सेनाकाे हेलिकप्टरमा काठमाण्डाैं पठाइएकाे र २ जना उपचारपछि फर्किएकाे बताइएकाे छ ।
प्रकाशित मिति : २०८२ फागुन १८ गते सोमबार









प्रतिक्रिया दिनुहोस्