दैलेख – आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले माघ १८ गते काँडाचौरस्थित कार्यालय हातामै १ वर्षदेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई निशुल्क स्वर्णविन्दू प्रशान गराउदै छ । बालबालिकाको शारीरिक तन्दुरुस्ती, मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णविन्दू खुवाउन लागिएको डा. शैलजा कटुवालले जानकारी दिनुभयो ।
दैलेखमा पहिलो पटक खुवाउन लागिएको स्वर्णविन्दू बालबालिकाको स्वास्थ्यलाई कति फाइदा जनक छ ? कसरी खुलाइन्छ ? बालबालिकाहरुलाई खोप केन्द्र पढाउन अघि अभिभावकलाई जानकारी गराउन आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले शुक्रबार दैलेख सदरमुकाममा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई अभिमुखीकरण गरेको छ ।
कर्णाली प्रदेश आयुर्वुेद अनुसन्धान केन्द्रका आयुर्वेद विज्ञ डा. खेमराज तिमिल्सेना र आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका इञ्चार्ज डा. यादवप्रसाद उपाध्याय वर्णविन्दू थोपाले स्वास्थ्यमा दिने ऊर्जा बारे अभिमुखीकरण गराउनुभएको थियो । नारायण नगरपालिका नं. ६ का वडाध्यक्ष जनक न्यौपानेले दिगाे उपचारमा आयुर्वेद औषधिको प्रभाव बारे बोल्नुभएको थियो ।









प्रतिक्रिया दिनुहोस्