२०८३ साउन १४ , बिहीबार (2026 Jul 30, Thursday)

हँसिया प्रहार गरी हत्या



दैलेख – दैलेखमा बोक्सी लगाएको आरोपमा हँसिया प्रहार गरी एक जनाको हत्या भएको छ । दुल्लू नगरपालिका–१३ मालिकाको खडिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामीलाई भाई नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकले हत्या गरेको प्रहरीले जनाएको छ ।

आफूलाई बोक्सी लगाएर विरामी पारेको भन्दै हिजो साँझ कर्णबहादुरको घरमै पुगी भुवनसिंहले हँसिया प्रहार गरी घाँटी आधा छिनालेको लगतै घटनास्थलमै कर्णबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले बताउनुभयो ।

मृतकको शव दुल्लू अस्पतालमा पोष्टमार्टम गरिएको र आरोपित भुवनसिंह बिकलाई पक्राउ गरी आवश्यक प्रारम्भिक अनुसन्धान थालिसकेको प्रहरी निरीक्षक सुनारले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ मंसिर ६ गते बिहीबार