दैलेख – भैरबी गाउँपालिकाका उपाध्यक्ष देबी भण्डारीले प्रहरी प्रशासनसंगको सहकार्यले शान्ति सुरक्षा प्रभावकारी भएको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय दैलेख भैरबीमा आयोजना गरेको स्थानीय तहमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सचेतना कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
गाउँपालिकाका उापाध्यक्ष भण्डारीले समाजमा रहेका बालविवाह, बहुविवाह लगायतका लैंगिक हिंसा, सामाजिक कुरीति र कुचलनहरु हटाउन, भैरबी गाउँपालिकाका सेवा प्रवाहहरुलाई चुस्तदुरुस्त रुपमा सुचारु गराउने बचनवद्धता जनाउदै समुदायको सहयोग र सहकार्यताको आवश्यकता दर्शाउनुभयो ।
कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सुरक्षा संवेदनशीलता निम्ति प्रहरीप्रशासन सधैं तयार रहेको र जेन्जी आन्दोलनको नाममा धम्की दिनेहरुलाई कानूनी कारवाही गर्ने बताउनुभयो । समुदायमा नकारात्मक भावना हटाउन र शान्ति सुव्यवस्था बनाउन सबैको सहयोग र समन्वय गर्न आग्रह गर्नुभयो ।
नागरिकहरुमा सार्वजनिक सम्पतिको संरक्षणको भावनाको विकास गराउन, समन्वयात्मक ढंगबाट प्रवाह गर्नुपर्र्ने, आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिनुपर्ने, बजार अनुगमन तथा सवारी व्यवस्थापनमा सरकारी निकायले गर्ने काममा नागरिकहरुसंग प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सहयोगको निम्ति आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले भैरबी गाउँपालिकाका क्षेत्रमा लैंगिक हिंसा समस्या रहेको, राजमार्गसंग जोडिएको कारण सवारी दुर्घटना, लागु औषध दुव्र्यसनी रोकथाममा स्थानीय सरकार, समुदायका अगुवाहरुको सहयोग चाहिएको बताउनुभयो ।
सुशासनकर्मी गणेशमान न्यौपानेले भैरबी गाउँपालिकाले समयमा सामाजिक सुरक्षा भत्ता वितरण नगरेको कारण ज्येष्ठ नागरिक र एकल महिलाले दशैं मनाउन कठिनाई भएको समस्या दर्शाउनुभयो । वडा नं. ५ का वडाध्यक्ष रत्नबहादुर थापा जनप्रतिनिधि र कर्मचारीहरु असुरक्षाको महशुस भएको सदस्य दर्शाउनुभएको छ ।
सामाजिक सुरक्षा भत्ताको लागि सेवाग्राहीको नवीकरण नभएको कारण सामाजिक भत्ता पठाउन नसकिएको र प्राप्त विवरण आएकाहरुको भत्ता बैंकमा पठाएको र बाँकी सेवाग्राहीहरुकाे नवीकरण गरी अध्यावधिक गरिने भैरबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले प्रष्ट्याउनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धानका प्रमुख सुन्दरमणी पोखरेल, नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुुनार, जिल्ला प्रशासन कार्यालय दैलेखका नासु लक्ष्मी उपाध्याय, जनप्रतिनिधिहरु, पालिकाका कर्मचारी र सेवाग्राहीको उपस्थिति थियो । कार्यक्रममा नागरिक समाजका प्रतिनिधि र सेवाग्राहीहरुले सुशासनकाे सवामा प्रश्न र जिज्ञासा राख्नुभएकाे थियाे ।











प्रतिक्रिया दिनुहोस्