२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

दिनेश रेग्मी फेला परे



दिनेश र दिनेशकाे परिवार

दैलेख – काठमाण्डाैंकाे चन्द्रागिरी नगरपालिका–१, थानकोट नजिक दहचाेकबाट सम्पर्क विहीन भएका दिनेश रेग्मी बुधबार फेला परेका छन् । कात्तिक २५ गते आइतबार बिहान नौ बजे विद्यालय जान भनी दहचोकस्थित ठूलाबुबा प्रकाशराज रेग्मीको घरबाट विद्यालय पोशाकमा हिंडे पनि विद्यालय नगई सम्पर्क विहीन भएका थिए ।

‘कलंकीका एक जना बृद्धाले फेला पारेको भन्ने खबर पाएको छु, बाबुलाई लिन जाँदैछु’ दिनेशकी आमा कमलाले बताउनुभयो । दैलेखको भगवतीमाई गाउँपालिका–३ मेहलतोली घर भई हाल सुर्खेतमा बस्तै आएका मणिराम रेग्मीका एक मात्र छोरा दिनेश दुई वर्षदेखि काठमाण्डौंमा ठूलाबाबाको घरमा अध्ययन गर्न बसेका थिए ।

प्रकाशित मिति : २०८१ कात्तिक २८ गते बुधबार