कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–६, बिरेठाँटीमा मोदी खोलामा आएको बाढीले एउटा पुलसहित अन्नपूर्ण मन्दिरको आधा भाग बगाएको छ । बाढीका कारण मन्दिरका पुजारीसहित दुई जना भक्तजन फसेका प्रहरीले जनाएकाे छ ।
गएराति करिब साढे २ बजेपछि आएको बाढीले पोखराबाट घान्द्रुक जाने सडकसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वीरेन्द्र पासवानले जानकारी दिनुभयाे। बाढीमा फसेका तीन जनाको उद्धारका लागि सुरक्षाकर्मीहरु पठाइएकाे उहाँले बताउनुभयाे ।
यसअघि अन्नपूर्ण गाउँपालिका–१० अन्तर्गत घान्द्रुक जाने सडकखण्डमा मोदी खोलामा आएको आकस्मिक बाढीले दुई होटल, एउटा पुल र सडकमा क्षति पुर्याएको थियो । बाढीले स्थानीय दिलिप गुरुङ र जगन पुनका होटल पूर्ण रूपमा बगाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्