२०८३ कात्तिक १३ , बिहीबार (2026 Oct 29, Thursday)

सुन्तला बगैंचा व्यवस्थापन तालिम



दैलेख – पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कर्णाली प्रदेश स्तरीय कार्यान्वयन इकाईले एक दिने सुन्तला जात फलफूल बगैंचा व्यवस्थापन सम्वन्धी एक दिने तालिम आज दैलेख सदरमुकाममा सम्पन्न भएको छ । तालिममा २२ जना कृषकहरुको सहभागिता थियो ।

सुन्तला खेतीका लागि हावापानी, माटो, मल, गोडमेल लगायतका बगैंचा व्यवस्थापन विषयमा कृषि विज्ञ बासुदेव शर्मा, कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख दशरथ पाण्डे, कर्णाली प्रदेश स्तरीय कार्यान्वयन इकाईका कृषि रामबहादुर थापाले तालिम सहजीकरण गर्नुभएको थियो ।

संघीय कृषि कार्यक्रम अन्तरगत पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कर्णाली प्रदेश स्तरीय कार्यान्वयन इकाईले सदरमुकाममा नारायण नगर स्तरीय कृषकहरुलाई दिइएको जस्तै स्थानीय आवश्यकता तरकारी खेती र नगदे बाली प्रवर्द्धन सम्वन्धी एक दिने तालिम शनिबार चामुण्डाबिन्द्रासैनी र आइतबार आठबीस नगरपालिकामा सञ्चालन गर्दैछ ।

प्रकाशित मिति : २०८२ जेठ २३ गते शुक्रबार