दैलेख – कविता थापा ४२ वर्ष हुनुभयो, त्यस बेला उमेरले २५ वर्षकी छँदा २०६४ फागुन ११ गते रुखमा चढेर घाँस काट्दै गर्दा रुखबाट खसेर उहाँको मेरुदण्डको नसा थिचियो । तीन वर्ष उपचारको हरतरहका कोशिस गर्दा पनि निको भएन १७ वर्षदेखि ह्वीलचियरमा हुनुहुन्छ ।
१५ वर्षकै उमेरमा साविकको गमौडी हालको दुल्लू नगरपालिका–१० मा २०५३ माघ २७ गते उहाँको विवाह भएको थियो । विवाहको दुई वर्षपछि २०५५ मंसिर २९ गते छोरी बबिताको जन्म भयो । रुखबाट लडेर कविता घाइते भएको बेला उहाँका श्रीमानले अर्को विवाह गरे ।
घाइते भएपछि दैलेख अस्पतालले सुर्खेत पठायो, सुर्खेतले नेपालगञ्ज, नेपालगञ्जले आफू कहाँ सम्भव छैन भनेर काठमाण्डौं पठाए । ठाउँठाउँको प्रयासपछि काटिएको घाउ निको भयो तर ढाडको बीचतिरको नसा थिचिएको कारण पेटदेखि तलको शरीर चल्न नसक्ने भयो, जीवनभरकै लागि अपाङ्ग हुनुभयो ।
त्यसबेला श्रीमानले सौता ल्याएपछि ९ वर्ष छोरी साथमा लिएर माइतीकै सहारामा बस्न थाल्नुभयो । सधैं माइतीको सहायतामा बस्न उहाँलाई अप्ठ्यारो लाग्न थाल्यो, नारायण नगरपालिका–६ बिजौरामा उहाँले सानो पसल सुरु गर्नुभयो । शुभचिन्तकसंग भेटघाटको माध्यम मात्रै छ उहाँका लागि ।
दिनहु आमाको रेखदेखमा समय दिनुपरेकी कविताकी एक्लो सहारा बविता दुई वर्ष अघि घर माथिको पहिरो आएको बेला समेत घर छोड्नुभएन । धन्न भगवानले हात थापेर घर भन्दा ठूलो ढुंगा घरको पल्तिरबाट गुल्टिँदै गएको छोरी बविताले सुनाउनुभयो ।घर माथि पहिरो आइरहेको बेला पनि आफूलाई नछोडेको घटनाले छोरीले आफूलाई धेरै माया गर्छिन् भन्ने पुष्टि गरेको कवितालाई लागेको छ । काम विशेषले बाहिर निस्कनुपर्दा आमाको माया बवितालाई आफ्नो फोटोको छायाँ जस्तै पछ्याइरहन्छ ।
जनता आवास कार्यक्रममा भवनका लागि तीन लाख २० रुपैंयाँको घर बनाउने अनुदानको अपेक्षा गरेको बेला उनीहरुकै नक्सा अनुसारको बनाउन नसकिने भनी सहयोग नपाएको कविताले गुनासो गर्नुभयो । शौचालय, सुत्ने कोठा र भान्सा आउजाउ गर्न ह्वीलचियर जैजाने चाहिन्छ तर प्राविधिकले मानेन् उहाँले सुनाउनुभयो ।
यो अपाङ्गता समस्यापछि उहाँलाई सुत्ने खाट, शौचालय गर्ने कुर्ची, बस्नलाई ह्वीलचियर तीन वटा मुख्य उपकरण आईएनएफ सुर्खेतले दिएपछि उहाँलाई जीवन यापनलाई सहज बनाइदिएको छ । अहिले गुडाउने गरेको ह्वीलचियर ४५ हजार पर्छ, यो आईएनएफले निशुल्क दियो तर लिन जाँदा १८–२० हजार लाग्यो ।
‘क’ वर्गको अपाङ्गता परिचयपत्र पाउनुभएकी कविताले मासिक एक हजार रुपैंयाँ सामाजिक सुरक्षा भत्ता पाउनुहुन्छ । यस बाहेक अरु केही सुविधा पाएको छैन, यस्तो अपाङ्गता समस्या भोगेको नागरिकका लागि सहायता वा गुजाराका लागि सहायता गर्दैनन् भने कसलाई दिन्छन् ? कविताको प्रश्न छ ।
प्राविधिक विषय पढ्दा रोजगारी पाउन सजिलो होला भनेर कविताले छोरी बवितालाई कृषि जेटीए पढाउनुभयो । यति दुखजेलो गरी पठाएकी छोरीलाई रोजगारको लागि धेरैलाई भनियो तर कसैले सद्भाव देखाएनन् उहाँको गुनासो छ । गरौंला भन्छन् तर कसैले सहायता गर्दैनन्, कविताले दुखेसो पोख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्