२०८२ असार १५ , आइतबार (2025 Jun 29, Sunday)

दैलेखमा सरकारी कार्यालयको छड्के अनुगमन



दैलेख – जिल्ला प्रशासन कार्यालय दैलेखले आज गरेको सरकारी कार्यालयहरुको छड्के अनुगमन गरेको छ । अनुगमनकाे बेला अनुपस्थित भएका, तोकिएको पोशाक नलगाएका र हाजिर लगाएर पनि कार्यकक्षमा नभेटिएकाहरुलाई स्पष्टीकरण मागिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो ।

अनुपस्थित भएका, तोकिएको पोशाक नलगाएका र हाजिर लगाएर पनि कार्यकक्षमा नभेटिएका कर्मचारीहरुलाई कार्यालय प्रमुख मार्फत स्पष्टीकरण मागिएको स्पष्टीकरण प्राप्त भएपछि तथ्यलाई जाँची विभागीय कारवाही गरिने उहाँले बताउनुभयो । विहान सवा १० बजेदेखि ११ बजेसम्म अनुगमन गरिएको थियो ।

प्रकाशित मिति : २०८२ असार २ गते सोमबार