२०८२ असोज १७ , शुक्रबार (2025 Oct 3, Friday)

गृहकार्य अधुराे ल्याएकाे भन्दै छात्रालाई कुटपिट



दैलेख – बाेर्डिङ स्कूलहरुमा विद्यार्थीलाई घाेकेेर पढाउछन्, घाेक्न अलिकति कमी रहे विद्यार्थीलाई गाेरु चुटाई हुन्छ भन्ने कुरा दैलेखको माेडेल स्कूलमा आइतबार घटनाले छर्लङ्ग पारेकाे छ ।

कक्षा १० मा अध्ययनरत महाबु गाउँपालिका-६ रानीबनकी १५ वर्षीया छात्रा ममता शाहीलाई गृहकार्य अधुराे ल्याएकाे भनी शिक्षक विवेक सिंहले निर्घात कुटपिट गरेकाे बालिकाको बुबा मदन शाहीले बताउनुभयाे ।

याे विषयमा प्रतिक्रिया माग्दा दैलेख माेडेल स्कूलका प्रिन्सिपल हिक्मत बुढाले एक महिना अगाडिकाे घटना अहिले प्रचारमा ल्याइएको टिप्पणी गर्नुभयो ।

विद्यालयका शिक्षक सन्दीप गुरुङले कतै उजुरी नपरेकाे घटनामा शिक्षकलाई गालीगलाैज र बेइज्जती गरिएको सामाजिक सञ्जाल मार्फत गुनासो गर्नुभएको छ ।

आइतबार कुटपिटपछि कतै नभन्न दवाव दिएकाे कारण पीडित बालिकाले घरपरिवारमा समेत जानकारी दिन डराएकी र ४ दिनसम्म पनि ढाड, तीघ्रा लगायतका ठाउँमा लागेकाे चाेट निकाे नभएपछि फुपूलाई सूचना गरेकी बताइएकाे छ ।

पीडित बालिकाको उपचार स्थानीय मेडिकलमा भइरहेको र कुटपिट गर्ने शिक्षकलाई कारवाहीकाे निम्ति कानूनी उपचार खाेज्ने परिवारजनले जनाउ दिएकाछन् ।

प्रकाशित मिति : २०८२ भदौ १९ गते बिहीबार