२०८३ भदौ २९ , सोमबार (2026 Sep 14, Monday)

पौडी खेल्ने क्रममा खोलामा बगेर मृत्यू



जाजरकोट – जाजरकोटमा एकै घरका दिदीबहिनीको पौडी खेल्ने क्रममा खोलाले बगाउँदा मृत्यू भएकाे छ । कुशे गाउँपालिका–७ समाकोटकी १८ वर्षीया मीनाकुमारी सिंह र १५ वर्षीया गीताकुमारी सिंहको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

स्थानीय समाकोट खोलामा हिजो दिउँसो पौडी खेल्ने क्रममा बगेका उनीहरूको शव खोलाको झन्डै दुई सय मिटर तल हिजो साँझ फरकफरक ठाउँमा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

मृतकहरुको शव पोष्टमार्टम कुशे अस्पतालमा गर्ने तयारी रहेको कुशे गाउँपालिका–७ का वडासदस्य मनबहादुर बिकले जानकारी दिनुभयो । दुबै दिदीबहिनी नेपालगञ्जकाे एक विद्यालयमा मीना १२ र गीता चाहिँ ११ कक्षामा पढ्दै गरेका र दशैं मनाउन घर आएको उक्त घटना भएको हो ।

प्रकाशित मिति : २०८२ असोज ११ गते शनिबार