
काठमाण्डौं – यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (ईडीएल) नयाँ वितरण तथा पुरानो नवीकरण र सबै किसिमका गाडी दर्ता तथा नवीकरण समेतका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको सार्जजनिक सूचना मार्फत जानकारी गराएको छ ।
शुक्रबार सूचना निकालेर गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मीनभवन काठमाण्डौको डाटा सेन्टरमा आगजनी भएकाले प्रणाली सञ्चालनमा समस्या आएको उल्लेख गरेको छ । सर्भर मर्मतको काम भइरहेकाले अर्को सूचना नआउञ्जेलसम्म सेवाहरू उपलब्ध नहुने विभागले जनाएको छ ।
प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्