२०८२ वैशाख ३ , बुधबार (2025 Apr 16, Wednesday)

१५ वर्षे गुरुयोजना निर्माण गरिंदै



दैलेख – विकास सम्वन्धी जिल्लाको १५ वर्षे गुरुयोजना निर्माण गर्न लागिएको छ । जिल्ला समन्वय समितिको अगुवामा माघ १२ गते दैलेख सदरमुकाममा स्थानीय सरकारको अग्रसरता रहने गरी संघीय संसदका साँसद र प्रदेश सरकारका प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीको प्रस्तावमा जिल्ला समन्वय समितिको आयोजना र दैलेखका ११ वटै स्थानीय सरकारको अग्रसता जिल्लाको १५ वर्षे गुरुयोजना निर्माण गर्न लागिएको हो । समृद्ध दैलेख गुरुयोजना निर्माण कार्यक्रम यसको नाम दिइएको छ ।

जिल्लाको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणसंगै आर्थिक तथा सामाजिक विकासका लागि प्राथमिकता, बजेट श्रोतको व्यवस्थापन, श्रोतहरुको उचित परिचालन विषयमा बृहत छलफल गर्न सरकारी अधिकारीहरुको सहभागिता गराउने योजना राखिएको छ ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार