२०८२ असोज १५ , बुधबार (2025 Oct 1, Wednesday)

साफ च्याम्पियनसिपमा नेपाल बाहिरियाे



काठमाण्डौं – १७ वर्षमुनिको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । कोलम्बो रेसकोर्स मैदानमा हिजो भएको दोस्रो सेमिफाइनलमा भारतसँग ३–० गोलले पराजित हुँदै नेपाल अन्तिम चारबाट बाहिरिएको हो ।

भारतको जितमा गुनलेइबा वाङखेरकपाम, अजलान शाह र डाइमन्ड सिंह थोक्चोमले गोल गरे । पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो । तर, खेलको ६१औँ मिनेटमा वाङखेरकपामको गोलमार्फत भारतले अग्रता लियो ।

खेलको ८०औँ मिनेटमा अजलानले अग्रता दोब्बर बनाएका थिए । इन्जुरी समयको चौथो मिनेटमा थोक्चोमले गोल गर्दै ३–० को सहज जित दिलाए ।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रबार