२०८३ साउन ५ , मंगलबार (2026 Jul 21, Tuesday)

प्रजिअद्वारा कारागारको अनुगमन



दैलेख – प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईले शुक्रबार जिल्ला कारागार कार्यालयको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा उहाँले कैदीबन्दीको अवस्था, सुरक्षा व्यवस्था, सरसफाइ, स्वास्थ्य सेवा तथा कार्यालयको समग्र व्यवस्थापनबारे जानकारी लिनुभएको हो ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले कारागारको सेवा प्रवाह प्रभावकारी, व्यवस्थित, मानवीय र कानुनसम्मत हुनुपर्ने बताउनुभयो । उहाँले कैदीबन्दीलाई कानुनले सुनिश्चित गरेका आधारभूत सेवा र सुविधाको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी भट्टराईले सेवा प्रवाहमा थप सुधार गर्न, व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा कानुनअनुसार कार्यसम्पादन गर्न सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशन दिनुभएको बताइएको छ ।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार