२०८३ साउन १० , आइतबार (2026 Jul 26, Sunday)

घुम्नेमा रैथाने बाली बीउ प्रदर्शनी



दैलेख – मनघर बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा हातेमालो सामुदायिक विकास संस्था दैलेखले भगवतीमाई गाउँपालिका-४ घुम्नेमा शनिबार एक दिने रैथाने जातको बीउ मेला प्रदर्शनी गरेको छ । सहभागी १३ समूह मध्ये प्रदर्शनीमा बान्जडी प्राङ्गारिक कृषि समूह प्रथम, दरिमिली प्राङ्गारिक कृषि समूह द्वितीय र पिपलडाँडा प्राङ्गारिक कृषि समूह तुर्सु तृतीय पुरस्कार पाएको छ ।

उत्कृष्ठ समूहलाई पुरस्कार वितरण गर्दै भगवतीमाई गाउँपालिका-४ का वडाध्यक्ष देवलोक अधिकारीले हातेमालो सामुदायिक विकास संस्थाले सानो लगानी धेरै कृषकहरुलाई सक्रिय गराएको भन्दै खुशी व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनारले हातेमालोको पारदर्शी क्रियाकलापले कृषकहरुमा सक्रियता बढाएको भन्दै परिश्रमी कृषकहरुको प्रशंसा गर्नुभयो ।

भगवतीमाई सामुदायिक बीउ बैंकका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा मनघर बचत तथा ऋण सहकारी संस्थाका पदमबहादुर थापा, वडास्तरीय कृषि सञ्जालका अध्यक्ष खड्गप्रसाद अधिकारी, हातेमालोका कार्यक्रम संयोजक रामकृष्ण कठायतले हातेमालोल सञ्चालन गरेको रैथाने बाली प्रवद्र्धन परियोजनाले गरेका काम चर्चा गर्नुभएको थियो ।

परियोजनाले भगवतीमाई गाउँपालिका४ का १३ वटा कृषक समूह गठन गरी साढे २ वर्षदेखि रैथाने बाली प्रवद्र्धन सम्वन्धी क्रियाकलाप गर्दै आएको छ । बान्जडी प्राङ्गारिक कृषि समूह, दरिमिली प्राङ्गारिक कृषि समूह द्वितीय र पिपलडाँडा प्राङ्गारिक कृषि समूह तुर्सु, गौथली चोर प्राङ्गारिक कृषि समूह तुर्सु, कालिका प्राङ्गारिक कृषि समूह बुङची समेतले सेवा पाइरहेका छन् ।

मध्यपहाडी प्राङ्गारिक कृषि समूह मन्घर, भगवती प्राङ्गारिक कृषि समूह कुल्ले, मन्घर चौर दोबाटो प्राङ्गारिक कृषि समूह मन्घर, मस्टस्थान प्राङ्गारिक कृषि समूह तुर्सु, रोकाटोल प्राङ्गारिक कृषि समूह रोकायाटोल, मूलधारा प्राङ्गरिक कृषि समुह मूलधारा टोल मन्घर, कालिका पशुपंक्षी प्राङ्गारिक कृषि समूह रुमी, कडाचौर प्राङ्गारिक कृषि समूह मन्घर समेत १३ वटा समूहमा परियोजनाले काम गरिरहेको छ ।

प्रकाशित मिति : २०८२ माघ २४ गते शनिबार