२०८३ साउन ४ , सोमबार (2026 Jul 20, Monday)

तीन सवारी साधन ठोक्किँदा ३० घाइते



चितवन – मुग्लिन-नारायणघाट सडक खण्ड अन्तर्गत पर्ने चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा आइतबार बिहान दुई यात्रुवाहक बस र एक ट्रक ठोक्किँदा ३० जना घाइते भएका छन् ।

बिहान करिब साढे ७ बजे काठमाडौंबाट दाङ जाँदै गरेको बस, सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस र काठमाडौंतर्फ गइरहेको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र सबै घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको बताउनुभयो ।

दुर्घटनाको खबरपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षकको कमाण्डमा ११ सदस्यीय उद्धार टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।

दुर्घटनापछि करिब डेढ घण्टा सडक अवरुद्घ भएकाे थियाे । दुवै बस र ट्रक घटनास्थलबाट हटाएपछि दुवै तर्फ यातायात खुलेकाे भएको डीएसपी थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ साउन ३ गते आइतबार