२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

जिल्ला प्रशासनमै हुलाक टिकट काउण्टर



दैलेख – जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुकाे सहजताकाे लागि जिल्ला प्रशासन कार्यालय दैलेखले कार्यालय हातामा हुलाक टिकट काउण्टर राखेकाे राखेकाे छ ।

सेवाग्राहीले टिकट किन्न असहजता र बजारमा बढी मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न कार्यालय हातामै टिकटमा अंकित मूल्यमै उपलब्ध हुलाक टिकट काउण्टर राखिएको हाे ।

आज साउन १९ गते दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसी, जिल्ला हुलाक अधिकृत निर्मला थापा समेतको उपस्थितिमा हुलाक टिकट काउण्टर आराम्भ गरिएको हाे ।

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार