दैलेख – पोषण नेपाल परियोजना सञ्चालन भएका दैलेखका ५ वटा पालिकामा छ महिनादेखि ५९ महिनासम्म बालबालिकाहरुको पोषणको लेखाजोखा राख्ने र कुपोषित बालबालिकाहरुको पोषण सुधार अभियान सञ्चालन गर्न लागिएको छ । केयर नेपाल र आईडीई नेपालको साझेदारी एभरेष्ट क्लवले सञ्चालन गरेको उक्त परियोजनाको कार्यक्षेत्र गुराँस, डुंगेश्वर, भगवतीमाई, ठाँटीकाँध गाउँपालिका र आठबीस नगरपालिकामा अभियान सञ्चालन गर्न लागिएको हो ।
शिशु तथा बालबालिकाको पोषणस्थिति लेखाजोखा, शारीरिक तन्दुरुस्ती, उचाई अनुसारको तौल, बृद्धि विकासको अवस्था, मध्यम तीब्र कुपोषण, गम्भीर तीब्र कुपोषण भएका बालबालिकाको पोषण सुधारका लागि आमा वा बालबालिकाको पोषण रेखदेखकर्तालाई आफै पोषिलो तयार गर्ने तरिका समेत सिकाउन परियोजना क्षेत्रका १८ जना स्वास्थ्यकर्मीहरुलाई मंसिर ४ र ५ गते दैलेख सदरमुकाममा पोषण लेखाजोखा स्टेन्डरटाइजेसन टेष्ट प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखले आयोजना गरेको तालिममा गुराँस, डुंगेश्वर, भगवतीमाई, ठाँटीकाँध गाउँपालिका र आठबीस नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सहित ३–३ जना स्वास्थ्यकर्मी, दैलेख अस्पतालमा रहेको पोषण सुधार गृहका १ जना र परियाेजनाका २ जना स्टाफ समेत १८ जना स्वास्थ्यकर्मी तालिममा सहभागी रहेको पोषण नेपाल परियोजनाका कार्यक्रम संयोजक राजु केसीले जानकारी दिनुभयो । उहाँहरुले आआफ्नाे पालिकामा सबै वडामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई यही तालिम दिनुहुने बताइएको छ ।
तालिमको सहजीकरण मंगलायन फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत सुजय नेपाली भट्टाचार्य, कार्यक्रम निर्देशक मनिषा कटवाल, मिल निर्देशक राेशना महर्जन, प्राविधिकद्वय मेरी झा र गाेबिन्द सिंहले गर्नुभएकाे थियाे । तालिममा स्वास्थ्य सेवा कार्यालय दैलेखका इञ्चार्ज डा. मनाेज बिश्वकर्मा, केयर नेपालका पाेषण खाद्यविज्ञ राजेश पाेखरेल, एभरेष्ट क्लवका कार्यकारी निर्देशक दीपक शाही समेतले पृष्ठ पाेषण गर्नुभएकाे थियाे ।
पोषण बारे सामुदायको धारणा, पोषण बारे समाजमा रहेका नकारात्मक बुझाई, सामाजिक व्यवहार परिवर्तन बारे स्वास्थ्यकर्मीहरुले सचेतना र गम्भीर तीब्र कुपाेषित बालबालिकाहरुकाे स्वास्थ्य सरसफाई, पाेषण सुधार र आवश्यकताकाे आधारमा मेडिकल उपचार समेतकाे नेपाल सरकारकाे पाेषण अभियानलाई काेबाे प्रणाली नाम दिइएकाे । पाेषण अभियानलाई सघाउन परियाेजना क्षेत्रमा सवै स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्न लागिएकाे छ ।










प्रतिक्रिया दिनुहोस्