२०८३ मंसिर १२ , शनिबार (2026 Nov 28, Saturday)

पोलमा मोटरसाइकल ठोक्किएर चालकको मृत्यू



धनुषा – धनुषाको औरही गाउँपालिका–२ परवाहामा मोटरसाइकल बिहीबार साँझ अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यू भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक औरही गाउँपालिका–३ का ३५ वर्षीय लालबाबु महरालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

जनकपुरबाट औरहीतर्फ जाँदै गरेको ज ६ प ७७९ नम्बरको मोटरसाइकल सडक छेउको बिजुलीको पोलमा ठोक्किएर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ मंसिर १२ गते शनिबार