२०८३ असार २३ , मंगलबार (2026 Jul 8, Wednesday)

अध्यक्ष पराजुलीको निधनप्रति शोक व्यक्त



दैलेख – नेपाल पत्रकार महासंघ नवलपरासी (पश्चिम) शाखाका अध्यक्ष केशव पराजुलीको निधनप्रति शोक व्यक्त गर्दै नेपाल पत्रकार महासंघ दैलेख शाखाले मंगलबार दैलेख सदरमुकाममा शोक सभा गरेको छ ।

महासंघका दैलेख शाखा अध्यक्ष कमल शर्माको अध्यक्षतामा भएको शाेक सभामा गैसस महासंघका केन्द्रीय सदस्य हीरासिंह थापा, नेपाल पत्रकार महासंघ दैलेखका पूर्व अध्यक्षहरु अमर सुनार, पुष्कर थापा लगायतका पत्रकारहरुकाे उपस्थिति थियाे ।

उपचारका क्रममा ५६ वर्षको उमेरमा २०८३ असार २० गते निधन भएका पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको हो ।

करिब चार दशकदेखि पत्रकारितामा सक्रिय पराजुली नेपाल पत्रकार महासंघ नवलपरासी (पश्चिम) शाखाका पूर्व तथा वर्तमान अध्यक्ष थिए । उनले रेडियो, एफएम र दैनिक पत्रिकासहित विभिन्न सञ्चारमाध्यममा लामो समय पत्रकारिता गरेका थिए ।

प्रकाशित मिति : २०८३ असार २३ गते मंगलबार