२०८३ असार १८ , बिहीबार (2026 Jul 2, Thursday)
ब्रेकिङ

१४ जना यात्रु सवार फोर्स कर्णाली नदीमा खस्यो



दैलेख – सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी दैलेखमा कर्णाली नदीमा खसेको छ । कर्णाली राजमार्ग अन्तर्गतकाे चामुण्डाबिन्द्रासैनी नपा–६ को साङ्गेतडामा भएको दुर्घटनामा ज्यान जाेगिएका एक जनालाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश ०३–००१ ख १०५५ नम्बरको बुलबुले यातायातको गाडी सडकबाट करिब ५०० मिटर तल कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी श्रवणकुमार बिकले  जानकारी दिनुभयाे ।

गाघडीमा १४ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । प्रहरीका अनुसार घटनास्थलमा उद्धार टोली परिचालन गरिएको छ । तर गाडी नदीमा डुबेकाले अहिलेसम्म फेला पर्न सकेको छैन ।

खोजी तथा उद्धारका लागि तल्लो ढुंगेश्वर, पाल्तडा र राकम कर्णालीबाट समेत प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलसँग समन्वय गरी खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार