२०८२ चैत २१ , शनिबार (2026 Apr 4, Saturday)

आश्रममा एशियनले बाँड्यो कम्बल



दैलेख – एशियन लाइफ इन्स इन्स्याेरेन्स कम्पनीको दैलेख  शाखाले नारायण नगरपालिका–७ किमुगाउँस्थित बसन्तमाला वेद विद्या आश्रमका बालबालिकालाई कम्बल वितरण गरेको छ । कम्पनीको १८ औं वार्षिकोत्सवको अवसर सामाजिक उत्तरदायित्वको काम अन्तरगत उक्त आश्रमका १० जना बालबालिकालाई कम्बल वितरण गरिएको हो ।

एशियन लाइफ इन्स्याेरेन्स कम्पनीको वार्षिकोत्सवको अवसरमा दैलेख शाखाले आश्रमका अध्ययनरत बालबालिकाको कम्बल वितरण गरे जसरी स्थानीय आवश्यकता अनुसार नेपालभरका डेढ सय शाखाहरुमा पनि विभिन्न सामाजिक उत्तरदायित्वका सहयोग र रचनात्मक कार्य गरेको दैलेख शाखाका प्रवन्धक डम्बरप्रसाद ढकालले जानकारी दिनुभयो ।

त्यसबखत प्रवन्धक ढकाल र दैलेख शाखाका बरिष्ठ व्यापार प्रवन्धक भीम बिष्टले एशियन लाइफ इन्स्याेरेन्सका सेवा, सुविधा र सामाजिक सेवा बारे जानकारी समेत दिनुभएको थियो । कार्यक्रममा आश्रमका विद्यालयका प्रधानाध्यापक खगेन्द्र रेग्मी र अभिभावहरुले सहयोगकाे निम्ति धन्यवाद दिनु भएकाे थियो । त्यहाँ अहिले २० जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : २०८२ चैत २१ गते शनिबार