२०८२ फागुन ८ , शुक्रबार (2026 Feb 20, Friday)
प्रतिनिधिसभा निर्वाचन २०८२
१३ दिन बाँकी

मतदानमा खटिने कर्मचारीको खाका तयारी



दैलेख – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा खटिने कर्मचारीको नामावली तयार भइसकेको छ । दैलेखका २ वटा निर्वाचन क्षेत्रका २१० मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारी समेत झण्डै डेढ हजार निजामती कर्मचारी परिचालन गरिने बताइएको छ ।

दैलेख क्षेत्र नं. ७३ मतदान स्थलका १०४ मतदान केन्द र क्षेत्र नं. २ का ६६ मतदान स्थलका १०४ मतदान केन्द्र समेत १३९ स्थानका २०८ मतदान केन्द्रमा खटाइने कर्मचारीहरु नामावली अन्तिम रुप तयार भइसकेको दैलेखका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

आम मतदाताले प्रत्यक्ष र समानुपातिक तर्फ दुई वटा मतपत्रमा आफूले मत दिन पाउने व्यवस्था छ तर दैलेख कारागारमा कैदीबन्दी र जनता आवि दैलेखबजारमा जगेडा सुरक्षाकर्मी र कर्मचारीले समानुपातिक तर्फको मात्र मतदान गर्न पाउने अस्थायी मतदान केन्द्र व्यवस्था गरिएको पाण्डेले बताउनुभयो ।

दुई वटा संसदीय निर्वाचन क्षेत्र रहेको दैलेख जिल्लाभर कुल जम्मा १ लाख ६१ २०४ मतदाता रहेकामा निर्वाचन आयोगले क्षेत्र नं. १ मा ७९ हजार ७०१ र निर्वाचन क्षेत्र नं. २ मा चाहि ८१ हजार ५०३ अन्तिम मतदाता कायम रहेकाे जिल्ला निर्वाचन कार्यालय दैलेखका प्रमुख नरबहादुर सलामीले जानकारी दिनुभयाे ।

दुइटै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा पठाइने मतपेटिका, प्रशासनिक का‍गजपत्र र मतदान सामग्री प्याकि‌ंग गर्ने काम चलिरहेकाे सलामीले बताउनुभयाे । दुइटै क्षेत्रमा छुट्टाछुट्टै स्थानमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुकाे तालिमकाे तयारी पनि भइरहेकाे उहाँले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८२ फागुन ६ गते बुधबार