दैलेख – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा दैलेख क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फका उम्मेदवार लोगबहादुर बोगटीले किसानहरुले बन्दुक राख्न पाउनुपर्ने बताउनुभएको छ । आज दैलेख सदरमुकामको टुडिखेल खुला मैदानमा चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै शुभअशुभ सबै काममा बन्दुक चाहिन्छ उहाँले भन्नुभयो ।
बँँदेल, बाँदर लगायतका बन्यजन्तुबाट खेतीबाली जाेगाउन सुरक्षा निम्ति किसानले बन्दुक राख्न पाउने लाइसेन्स दिलाउने उम्मेदवार बोगटीले तर्क राख्नुभयो । दैलेखको पेट्रोलियम पदार्थ उत्खनन् तथा प्रशोधनको पहल गर्ने, शिक्षामा सुधार, कृषिमा आधुनिकीकरण, स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने प्रतिवद्धता जनाउनुभयो ।
बोगटीकी श्रीमति दुधकला बोगटी नेकपा एमालेबाट नारायण नगरपालिका-१० की निर्वाचित वडा सदस्य हुनुहुन्छ । करिब ११ किलोमीटर टाढाबाट बाजा बजाएर ३०-४० जना सहित सदरमुकाम पुगेका ६५ वर्षीय बोगटीलाई निर्वाचन आचारसहिंताले बाजा बजाउन नमिल्ने प्रहरीले राेकेपछि टुडिखेल मैदानमा प्रतिवद्धता सार्वजनिक गर्नुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्