२०८३ असार १ , सोमबार (2026 Jun 15, Monday)

प्रहरीलाई दुर्व्यवहार गरेकाे आराेपमा कुटपिट



कुटपिट खाएका प्रकाश थापा

दैलेख – जम्बुकाँध प्रहरी चौकीका इञ्चार्ज असई धनसिंह ठकुरीले बिहीबार साँझ शरीरमा निलडाम लाग्ने गरी तीन जना युवाहरुलाई कुटपिट गरेका छन् । चामुण्डाबिन्द्रासैनी नपा–५ का २३ वर्षीय प्रकाश थापा, वडा नंं. ४ का ३१ वर्षीय सुशील शाही र वडा नं. ८ का ३२ वर्षीय लोकेश बुढालाई असईले कुटपिट गरेका पीडित पक्षले बतायाे ।

प्रहरी चौकी नजिकैको एक होटलमा मदिरा खाई हल्ला गरेको भन्ने सिकायतको आधारमा जम्बुकाँध प्रहरी चौकीको प्रांगण लिई कान समाएर घोप्टो पर्न लगाई असई ठकुरीले लठ्ठीले तीनै जनालाई ढाँड र तीघ्रामा कुटपिट गरेका थिए । स्थानीय र प्रहरीले धौधौसंग अनुनय गरेर रोकेका घाइते प्रकाश थापाले पहरेदारसंग टेलिफोन सम्वादमा सुनाए ।

होटल हल्ला नगर्न भनी सम्झाउदा ‘हामी जेन्जी हाे’ भन्दै प्रहरी माथि नै दुव्र्यवहार गरेको कारण असईले कुटपिट गरेको जानकारी आएको घटनाको छानविन गरी आवश्यक कारवाही हुने जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्स्पेक्टर लक्ष्मण पचभइयाले बताउनुभयो । प्रहरीले घटनाको अनुसन्धान थालिएको बताएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार