२०८३ जेठ १३ , बुधबार (2026 May 27, Wednesday)

टिपरको ठक्करबाट एक महिलाको मृत्यू



दाङ – तुलसीपुरमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । स्कुटर पछाडि सवार तुलसीपुर उपमहानगरपालिका–९ की ४९ वर्षीया पुष्पा कँडेलको मै मृत्यु भएको जल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।

तुलसीपुर बजारबाट पश्चिमतर्फ जाँदै गरेको स्कुटरलाई टिपरले बेलुकी सात बजेतिर दुधेनामा ठक्कर दिएको विपरीत दिशा पश्चिमबाट तुलसीपुरतर्फ आइरहेको रा ७ प ६३३१ नम्बरको स्कुटर चालक पुष्पाका श्रीमान दुर्गा कँडेललाई सामान्य लागेको बताइएको छ ।

प्रकाशित मिति : २०८२ चैत ५ गते बिहीबार