२०८३ साउन १४ , बिहीबार (2026 Jul 30, Thursday)

अरुलाई प्रश्न गर्न आफू ठीक हुनुपर्छ : प्रजिअ जैसी



दैलेख – दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले अधिकार वा सुशासनको विषयमा चर्काेचर्काे स्वरले प्रश्न गर्नेहरु आफैमा पनि नैतिक रुपमा असल हुनुपर्ने सुझाव दिनु भएको छ ।

जिल्ला प्रशासन कार्यालयकाे समन्वयमा नेपाल रेडक्रस साेसाइटीले दैलेखमा आयाेजना गरेकाे विपदकाे अवस्थामा संरक्षण तथा लैंगिक हिंसा सम्वन्धी तीन दिने तालिमकाे उद्घघाटन कार्यक्रममा उहाँले साे टिप्पणी गर्नुभएको हाे ।

प्रजिअ जैसीले भन्नुभयो ‘अधिकारका कुरा गर्नेहरु सबै आफूहरु पनि ठीक हुनुपर्छ, कसैले प्रतिप्रश्न उठ्न नसक्ने उच्च नैतिक आचरण हुनुपर्छ ।’ उहाँले टिप्पणी गर्नुभयो ‘आफू गलत गर्ने तर सभा वा कार्यक्रममा अरुका बारे प्रश्न  उठाएकाे अर्थ रहदैन ।’

तालिमकाे उद्घघाटन कार्यक्रमकाे अध्यक्षता नेपाल रेडक्रस साेसाइटीले दैलेखका सभापति निर्जनकुमार खत्री र विषय प्रकाश साेसाइटीकाे केन्द्रीय कार्यालयका कार्यक्रम संयाेजक नगेन्द्र अर्यालले गराउनु भएको थियाे ।

प्रशिक्षकहरु रमा भण्डारी, भरत सापकोटा र दुर्गेशकुमार याेगीले तालिममा लैंगिकतामा आधारित हिंसा सवाल, याैन दुर्ववहार, बालअधिकार, बसाइँसराइ, सामाजिक समावेशीकरण लगायत मानवअधिकारका विभिन्न सवालमा प्रशिक्षकहरु रमा भण्डारी, भरत सापकोटा र दुर्गेशकुमार याेगीले सहजीकरण गर्नु हुनेछ ।

प्रकाशित मिति : २०८१ मंसिर १८ गते मंगलबार