दैलेख – हिन्दै धर्मालम्बी पर्यटकहरुको आकर्षण बढाउन वैशाख १३ देखि १९ गतेसम्म साताव्यापी धार्मिक पर्यटन मेला सञ्चालन हुने भएको छ । पञ्चकोशी विकास संस्था दैलेखले आज शुक्रबार दैलेख सदरमुकाम आयोजना गरेको पत्रकार सम्मेलनमा सो संस्थाले धार्मिक मेला सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।
पञ्चकोशी विकास संस्था दैलेखका अध्यक्ष नबिन योगीले धार्मिक पर्यटन मेलामा भारतका विभिन्न स्थानबासंगै नेपालको राजधानी काठमाण्डौं, बाँके, बर्दिया, रुपन्देही, सुर्खेत, कालिकोट, जुम्ला समेत हिन्दू धर्मालम्बी पर्यटकहरु आउने जानकारी दिनुभयो । पञ्चकोशी मुख्य ठाउँ भएकोले नाभीस्थानमा सो मेला सञ्चालन हुनेछ ।
धार्मिक पर्यटन मेला आयोजनापछि पनि दैलेखको पञ्चकोशी तीर्थस्थलको महिमा प्रचारप्रसार र पर्यटन प्रवद्र्धनको निम्ति संस्थागत प्रयाय गर्न नबिन योगीको संयोजकत्वमा पञ्चकोशी विकास संस्था दैलेख नामको समेत गठन गरिएको छ । गैसस महासंघ, उद्योग बाणिज्य संघ, नेपला पत्रका महासंस दैलेख लगायत क्षेत्रबाट समेटिएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्