२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

बालअधिकार बारे सचेतना अन्तरक्रिया



दैलेख – अन्तरराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा दैलेख सदरमुकाममा बुधरबार बालबालिकाको अधिकार, बालविवाह रोकथाम, लागू औषध दुव्र्यवसनी रोकथाममा बालबालिकाको दायित्व र बालन्याय प्रणाली दिएको सहुलियत विषयमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

नारायण नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, सोसेक नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०को सहकार्यमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम जिल्ला सदरमुकाम दैलेखबजारको त्रिभुवन मावि परिसरमा विद्यालयका बालबालिकासंग अन्तरक्रिया गरिएको बताइएको छ ।

 

बालअधिकार सवालमा नारायण नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख गोमा केसी, बालविवाह रोकथाम विषयमा सोसेक नेपालको बाल हेल्पलाइनका कार्यक्रम संयोजक रमा श्रेष्ठ, लागू औषध दुव्र्यसनी रोकथाम विषयमा जिल्ला प्रहरी कार्यलयका सई क्षत्र ढकालले सहजीकरण गर्नुभयो ।

त्यसबखत दैलेख जिल्ला अदालतका बालमनोविज्ञ पत्रकार अमर सुनारले बाल न्याय प्रणालीमा बालबिज्याइँमा बालबालिकालाई कानूनी सजायमा सहुलियत, सजाय स्थानान्तरण, सजाय स्थगनको सुविधा  र त्यस्ता विज्याइँका क्रियाकलापका परिवन्दबाट जोगिने उपाय बारे प्रकाश पार्नुभएको थियो ।

सन् १९८९ नोभेम्बर २० मा बालबालिकालाई बाँच्न पाउने, संरक्षण पाउने, विकास र सहभागिताको अधिकार सहित बालबालिकाको हक हितमा राज्यको दायित्व विषयमा बाल अधिकार महासन्धी पारित भएको दिनको स्मरणमा हरेक वर्ष नोभेम्बर २० तारिकका दिन अन्तरराष्ट्रिय बाल दिवस मनाइन्छ ।

प्रकाशित मिति : २०८१ मंसिर ५ गते बुधबार