२०८३ जेठ ३१ , आइतबार (2026 Jun 15, Monday)

बैंकद्वारा भैरबीमा विद्यार्थीलाई सहयोग



दैलेख – हिमालय बैंक भैरबी शाखाले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगत दैलेखकाे भैरवी गाउँपालिका-४ स्थित गौरी माध्यामिक बिध्यालय बालेकाडाका ३२ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला र ट्रयाकसुट सहयाेग वितरण गरिएको छ ।

शाखाका प्रवन्धक दलबहादुर वली, अपरेसन इञ्चार्ज हिक्मत  शाही, विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बिष्ट, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हिक्मत बिक, शिक्षकहरू समेतको उपस्थितिमा विद्यार्थीहरुलाई  ती सामग्री वितरण गरिएको हो ।

त्यसबखत विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम समेत गरेको थियो। वित्तीय साक्षरता कार्यक्रममा बोल्दै शाखा प्रबन्धक दलबहादुर वलीले पछिल्लो समय आर्थिक प्रलोभन देखाएर विभिन्न ठगीका घटना हुने गरेकाेले सचेत हुन आग्रह गर्नुभयो।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार