२०८२ भदौ २ , सोमबार (2025 Aug 18, Monday)

प्रचण्डद्वारा भर्चुयल माध्यमबाट भवन उदघाटन



दैलेख – गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भर्चुयल माध्यमबाट शहिद स्मृति प्रतिष्ठान दैलेखको भवन उदघाटन गर्नुभयो । शहिद स्मृति प्रतिष्ठानमा माओवादी केन्द्र दैलेखको पार्टी कार्यालय रहेको छ ।

भवन उदघाटनको क्रममा अध्यक्ष प्रचण्डले गएको जेठ पहिलो साता पार्टी संगठन सुदृढीकरण अभियानको मध्यपहाडी राजमार्गको यात्रा क्रममा दैलेखमा पार्टीले समन्वय गरेको सर्वपक्षीय भेटघाट, माओवादी केन्द्रको संगठन विस्तारको कुराले आफूलाई खुशी लागेको बताउनुभयो ।

 

भर्चुयल सम्बोधनमा अध्यक्ष प्रचण्डले पार्टीको साँगठनिक विकासको क्रममा भातृसंगठनहरुको नियमित अधिवेशसनहरु भइरहेका, पार्टीको विधान अधिवेशनका काम जुट्न लागेको यस काममा पनि जिल्लाजिल्लाबाट विशेष पहल कदमी चाल्न आग्रह गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष माओवादी केन्द्रका दैलेख इञ्चार्ज प्रेमबहादुर कटुवाल ‘बीरबल’ले २०६४ देखि निर्माण थालिएको भवनमा हालसम्म १ करोड ३२ लाख रुपैंयाँ खर्चमा कार्यालय सञ्चालन, अतिथि गृह, सभा समारोह गर्ने हल समेत तयार भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ साउन १० गते शनिबार