२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

रटान भ’कोभयै, बालविवाह घटेन



दैलेख – सबैले रटान गर्ने तर बालविवाह नरोकिएने समस्याले मातृ तथा नवजात शिशुहरुको जीवन रक्षा चुनौतीपूर्ण बनेको दैलेखका सरोकारवालाहरुले बताएका छन् । ‘मातृ तथा नवजात शिशु स्याहार सेवा सुदृढीकरण परियोजना’को आज बसेको जिल्ला सल्लाहकार समितिको बैठकमा यो विषय उठेको हो ।

‘सधैं छलफलको विषय बन्छ व्यवहार बालविवाह रोकिएको छैन । बालविवाह रोकथाममा सरकारी गैरसरकारी निकायहरुले परिणमुखी पहलकदमी बढाउन अति नै आवश्यक भइसकेको छ’ दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भन्नुभयो । कुरा उठिराख्ने तर समाजमा सुधार नआउने याे हुनुभएन उहाँले टिप्पणी गर्नुभयाे ।

गैसस महासंघ दैलेखका अध्यक्ष डिलकुमारी चन्दले महिलाले सन्तान जन्मदिंदा आफ्नो नयाँ जन्म लिएर आउने गरेको सुनाउनुभयो । एभरेष्ट क्लवका कार्यकारी निर्देशक दिपक शाहीले प्रजनन् स्वास्थ्य र स्वस्थ जीवनका लागि थुप्रै सचेतनामूलक कार्यक्रमहरु गरिएको बताउनुभयो ।

स्वास्थ्य संस्था र स्थानीय सरकारसंग समन्वयात्मक तरिकाले काम गरेको भन्दै परियोजनाको कार्यशैली प्रति खुशी व्यक्त गर्दै स्वास्थ्य सेवा कार्यालय दैलेखका इञ्चार्ज डा. मनोज बिश्वकर्माले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन बढी ध्यान पु¥याउन सुझाव दिनुभयो ।

डा. बिश्वकर्माले दैलेखका ११ पालिकाका ९० वडाका सबै स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउने सुविधा उपलब्ध रहेको उल्लेख गर्दै जोखिम भएर सदरमुकाम पठाइएका ६ सय भन्दा बढी गर्भवतीहरुको चालु आर्थिक वर्षमा दैलेख अस्पतालमा १३८ जना सुत्केरीको अपरेशन गरिएको जानकारी दिनभयो ।

मातृ तथा नवजात शिशु स्याहार सेवा सुदृढीकरण परियोजना सल्लाहकार समितिका अध्यक्ष नवराज शाहीले बैठकलाई मौलिक र अनौपचारिक छलफलको विधि लिन सुझाव दिनुभयो । उहाँले गैससहरुको परियोजना क्रियाकलापहरुलाई खर्चमा मीतव्ययी बनाउन आग्रह गर्नुभयो ।

वान हर्टको साझेदारीमा एभरेष्ट क्लव नेपालले सन् २०२३ देखि २०२६ सम्मका लागि चलाइरहेको ‘मातृ तथा नवजात शिशु स्याहार सेवा सुदृढीकरण परियोजना’ दैलेखका सबै स्वास्थ्य संस्थाहरुको संस्थागत विकास, कर्मचारीहरुको क्षमता विकास गरी मातृ तथा नवजात शिशुको जीवन रक्षामा काम गरिरहेको छ ।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमबार