२०८३ भदौ ३० , मंगलबार (2026 Sep 15, Tuesday)

माधव नेपाल धरौटीमा रिहा



काठमाण्डौं – पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको ३५ लाख धरौटीमा रिहा हुनुभएको छ । बुधबार विशेष अदालतमा भएको थुनछेक बहसपछि नेपालसँग ३५ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । ग्लोबल आइएमई बैंक ग्यारेन्टी बसिदिएपछि अदालतले धरौटी सकारेकाे हो ।

विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटी माग्ने आदेश गरेको हो । विशेष अदालतले तारेखका लागि साउन १३ गते तारेख ताेकेकाे छ ।

पतञ्जलि योगपीठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी सहित भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्तापछि उहाँ साँसद पद निलम्बनमा परेकाे छ ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधबार