२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

माओवादी बलियो भए नेपाल बलियो हुनेछ : प्रचण्ड



दैलेख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी बलियो हुँदा महिला, दलित, जनजाति लयायत सबै बलियो हुने बताउनुभएको छ । मध्यपहाडी राजमार्ग अभियानको आज चौथो दिन दैलेखमा आयोजित जनसभामा उहाँले सो विचार राख्नुभएको हो ।

जनसंगको सम्वन्ध पुनः जोड्न र समृद्ध बनाउन मध्यपहाडी राजमार्ग यात्रा तय गरिएको अध्यक्ष ‘प्रचण्ड’ले सुनाउनुभयो । उहाँले यो अभियानले देशमा भष्टाचार, अनियमितता, बिचौलियो, दलालीहरु चक्नाचुर पारिने प्रचण्डले उद्घोषण गर्नुभयो ।

माओवादीले जनसंगको सम्वन्ध पुनः जोड्न र समृद्ध बनाउन मधेश यात्राले जनतासंग सम्वन्ध राम्रो बनेको र गठबन्धन छोडेर चुनाव लड्दा माओवादीलाई राम्रो नतिजा हासिल भएको अध्यक्ष ‘प्रचण्ड’ले दृष्टान्त सुनाउनुभयो ।

मध्यपहाडी राजमार्ग अभियानको क्रममा दैलेखमा आयोजित जनसभामा नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल, केन्द्रीय सदस्य द्वय टेकबहादुर खाँण र प्रेम कटुवालले पार्टीले सञ्चालन गरेको अभियान र जनसम्वन्ध बारे प्रकाश पानुभएको थियो ।

मध्यपहाडी राजमार्ग अभियानको क्रममा जेठ १ गते डडेलधुराबाट सुरु भएको अभियान २ गते बैतडी, डोटी र दिपायलमा जनसभा, हिजो जेठ ३ गते अछामको मङ्गलसेनमा जनसंवाद र आज दैलेख सदरमुकाममा सम्पन्न भएका थिए ।

यसैगरी जेठ ५ गते जाजरकोटको खलङ्गामा जनसंवाद, ६ गते पश्चिम रुकुमको चौरजहारीमा जनसभा र मुसिकोटमा जनसंवाद हुनेछ । ७ गते पूर्वी रुकुमको रुकुमकोटमा जनसंवाद र रोल्पाको थबाङमा जनसभा तय गरिएको छ । जेठ ८ गते बागलुङ, ९ गते पर्वतको कुस्मामा जनसंवाद र १० गते कास्कीको पोखरामा जनसभा गरी पहिलो चरणको अभियान समापन गरिने छ ।

प्रकाशित मिति : २०८२ जेठ ४ गते आइतबार