२०८२ भदौ २ , सोमबार (2025 Aug 18, Monday)

भोलि प्रचण्ड दैलेखको जनसभामा सम्बोधन गर्ने



दैलेख – मध्यपहाडी राजमार्ग अभियानमा जुट्नुभएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि दैलेख सदरमुकामको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति दैलेखले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

मध्यपहाडी राजमार्ग अभियानको क्रममा जेठ १ गते डडेलधुराबाट सुरु भएको अभियान २ गते बैतडी, डोटी र दिपायलमा जनसभा सम्पन्न भैसकेको छ । आज जेठ ३ गते अछामको मङ्गलसेनमा जनसंवाद र भोलि दैलेख सदरमुकाममा जनसभा कार्यक्रम राखिएको हो ।

जेठ ५ गते जाजरकोटको खलङ्गामा जनसंवाद, ६ गते पश्चिम रुकुमको चौरजहारीमा जनसभा र मुसिकोटमा जनसंवाद हुनेछ । ७ गते पूर्वी रुकुमको रुकुमकोटमा जनसंवाद र रोल्पाको थबाङमा जनसभा तय गरिएको छ । जेठ ८ गते बागलुङ, ९ गते पर्वतको कुस्मामा जनसंवाद र १० गते कास्कीको पोखरामा जनसभा गरी अभियान समापन बताइएको छ ।

मध्यपहाडी लोकमार्ग अभियान अघि माओवादी केन्द्रले तराई–मधेश केन्द्रित अभियान गरेको माओवादीले शुक्रबारदेखि ‘जनतासँग माओवादी मध्यपहाडी राजमार्ग जनजागरण अभियान’ शुरू गरेको थियो । गणतन्त्र घोषणापछि प्रथम प्रधानमन्त्री ‘प्रचण्ड’कै पालामा २०६५ मा पाँचथरदेखि बैतडी १७७९ किलोमीरट मध्यपहाडी राजमार्ग निर्माण सुरु भएको थियो ।

प्रकाशित मिति : २०८२ जेठ ३ गते शनिबार